
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार उक्त घोषणा लागू गर्ने तयारी स्वरुप राष्ट्रपतिको पारिश्रमिक दान गर्न योग्य सामाजिक संस्थाको खोजी भइरहेको छ ।
अमेरिकी राष्ट्रपतिको वार्षिक तलव चार लाख डलर हुन्छ । ह्वाइट हाउसका प्रवक्ता शन स्पाइसरका अनुसार ह्वाइट हाउसका कर्मचारीहरुलाई त्यस्तो सामाजिक संस्था खोज्न भनिएको छ, जसलाई राष्ट्रपतिको पारिश्रमिक दान गर्न सकियोस् ।
चुनाव अभियानमै ट्रम्पले राष्ट्रपतिका रुपमा आफूले पारिश्रमिक नलिने घोषणा गरेका थिए । उनले कानूनी प्रक्रियाका लागि न्यूनतम एक डलरमात्र आफूले पारिश्रमिक लिने घोषणा गरेका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्