
मेची–महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत् मंगलबार नेपालगन्जमा एमालेले प्रदर्शन र आमसभा गरेको हो ।
एमालेलाई महेन्द्र राजमार्गबाट भित्र छिर्न नदिने भन्दै मोर्चाले बन्द र ठाउँठाउँमा गरेको अवरोध छिचोल्दै एमालेले गाउँगाउँबाट जुलुस निकालेको थियो ।
एमाले सभाका लागि बाँकेका गाउँगाउँबाट कार्यकर्ता र सर्वसाधारण सभास्थल पुगेका थिए ।
मुसिलम, थारु र मधेसी समुदायका समर्थकहरु आ–आफ्ना सांस्कृतिक झाँकीसहित नेपालगन्ज पुगेका थिए ।
यात्रीबसमा आगजनी, हवाई फायर
मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार नेपालगन्ज–गुलरिया सडकको बाँके, उढरापुरमा एउटा यात्रीबहाक बसमा आगजनी गरेका छन् ।
राजापुरबाट दाङ जान लागेको भे१ख २०४२ नम्बरको बसमा मोर्चाका कार्यकर्ताले आगो लगाएका हुन् ।
आगजनीबाट मानवीय क्षति नभएपनि बसको भित्री भाग भने जलेर नस्ट भएको प्रहरीले बताएको छ ।
बाँकेको गुनाहामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो । मोर्चा कार्यकर्ताले पनि दिनभर ठाउँठाउँमा प्रदर्शन जारी राखेका थिए ।
मोर्चाको बन्द र एमालेको आमसभामा अप्रिय घटना नहोस् भनेर नेपालगन्जको सुरक्षा व्यवस्था कडा पारिएको थियो । चोकचोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्