१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक


0
Shares

                                                                          फाइल फोटो
निर्वाचन गराउनका लागि करिब दुई लाख १८ हजार कर्मचारी आवश्यकपर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराए ।

‘अहिले हामीले जिल्ला निर्वाचन कार्यालयलाई उपयुक्त मतदान केन्द्र तोक्न भनेका छौं’–उनले भने–‘त्यसपछि हामीले निर्वाचन गराउन आवश्यक कर्मचारी सरकारसँग माग गर्छौं ।’

उनकाअनुसार एक मतदान केन्द्रमा ८ जनाकादरले कर्मचारी राख्ने तयारी छ ।

एक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदाताको नाम रुजु, बूढीऔंलामा मसी लगाउने र सहायक गरी पाँच सरकारी कर्मचारी र तीन स्थानीय स्वयंसेवक राखिनेछ ।

आयोगले मतदान अधिकृतकारुपमा उपसचिव, शाखा अधिकृत र नायब सुब्बासरहको कर्मचारीलाई खटाउनेछ ।

प्रवक्ता शर्माले आवश्यक कर्मचारीकारुपमा निजामती र संघ–संस्थानका कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकलाई खटाइने जानकारी गराए । रासस