
यी दुई राष्ट्रलाई अंकतालिकाको शीर्ष चारभित्र रहँदै आगामी एकदिवसीय विश्वकपको छनोट चरणमा स्थान बनाउने सम्भावना बलियो पार्न दुबै खेल जित्नैपर्ने दबाब थियो ।
यद्यपि, एक खेलमात्र जितेका यी दुबै टोलीले प्रतियोगितामा आफ्नो सम्भावना अझै बाँकी रहेको धारणा राखेका छन् ।
जारी आइसीसी विश्व क्रिकेट लिगको अंकतालिकामा शीर्ष चार स्थानमा रहने राष्ट्रले आगामी एकदिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको पाँचौं चरणमा केन्याविरुद्ध खेल्नुअघि नेपाली टोली घरेलु मैदानमा दुबै खेल जित्ने दाउमा थियो । तर, वर्षाले प्रभावित पहिलो खेलमा फितलो प्रदर्शन गरेपछि नेपाल अफ्रिकी टोलीसँग ५ विकेटले पराजित भयो ।
पहिलो खेलको पराजयलाई बिर्संदै दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालले ७ विकेटको जित हात पार्यो ।
पाँचौं चरणमा एक–अर्काविरुद्ध एक–एक जित हात पारेका नेपाल र केन्या अंकतालिकामा क्रमशः छैटौं र पाँचौं स्थानमा कायमै छन् ।
नेपालको १० खेलबाट ८ अंक भएको छ भने समान खेलबाट केन्याले १० अंक जोड्दै नेपाललाइ पछाडि पारेको छ ।
नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल प्रतियोगितामा चार खेल बाँकी रहेको अवस्थामा नेपालको शीर्ष चारभित्र स्थान बनाउने सम्भावना सकि नसकेको बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्