२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


डा. भट्टराई भारततिर


0
Shares

                                                                                 फाइल फोटो
इन्डिया फाउन्डेसनले भारतको नयाँदिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले १५ मार्चमा सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रमा प्रमुख वक्ताकारुपमा सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलन यही मार्च १४ देखि १६ सम्म सन्चालन हुनेछ ।

नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गर्ने नेपालसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुने सो पार्टीले जनाएको छ ।

सोक्रममा डा. भट्टराई भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धका जानकार, बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्नेछन् । रासस