बजार परिसूचक ओरालो लागे पनि कारोबार परिमाणमा भने सुधार आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले ओरालो लागेर १३ सय ४७ मा आएर थामियो । उत्पादनमूलकबाहेक कारोबार भएका अरु सबै समूह ऋणात्मक रहे ।
होटल समूहमा सबैभन्दा उच्च २७ अंकको गिरावट आयो । वाणिज्य बैंक र जलविद्युत् समूह दोहोरो अंकले ओरालो लागे भने अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको ९ लाख ४५ हजार कित्ता सेयर ५३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्