Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


मंगलबार सुनको मूल्य पुनः ओरालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँले बढेर तोलाको ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ४ डलर हाराहारीमा कारोबार भएको थियो ।