फाइल फोटो
आन्द्रामा समस्या देखिएपछि उपचारका लागि बैंकक लगिएको अधिकारीका स्वकीयसचिव महेश विष्टले जानकारी गराए ।
चिकित्सकको सल्लाहअनुसार पूर्वउपप्रधानमन्त्री अधिकारी बुधबार बिहान ११ः३० बजे थाई एअरवेजमार्फत् उपचारका लागि बैंकक गएका हुन् ।
पूर्वअर्थमन्त्रीसमेत रहेका उनको बैंककस्थित भेजथानी अस्पतालमा उपचार गरिने विष्टले बताए ।
अधिकारीलाई आन्द्रामा समस्या भएर दिसा र पिसाब रोकिएपछि गत पुस महिनामा बल्खुस्थित बयोधा अस्पतालमा उपचार गरिएको थियो ।
‘उपचारपछि घरमा आराम गर्नुभएको थियो’–उनले भने–‘तर फेरि पनि समस्या देखिन थालेपछि उपचारका लागि बैंकक लगिएको हो ।’
अधिकारीका साथमा धर्मपत्नी ओमकुमारी अधिकारी, छोरी नीमा अधिकारी र छोरीज्वाइँ सुदीप आचार्य गएका छन् ।
बैंककमा अधिकारीको आन्द्राको उपचार गर्नाका साथै हर्नियाको शल्यक्रिया गरिने स्वकीयसचिव विष्टले जानकारी गराए । ८० वर्षीय अधिकारी सांसदसमेत हुन् । रासस









प्रतिक्रिया दिनुहोस्