फाइल फोटो
एमालेको मेची–महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत् कैलालीको टीकापुरमा बुधबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले एमालेमाथि मध्यपूर्वी तराईमा मधेसी मोर्चाबाट भएकोे आक्रमण र अवरोधको चर्को आलोचना गरे ।
एमालेको जनलहर रोक्न खोजेपनि जनताको बढ्दो समर्थनबाट विपक्षीहरु उल्टै डरापउनुपरेको उनको भनाइ थियो ।
खनालले टीकापुर घटनाको वास्तविकता अहिलेपनि बाहिर आउन नसकेको भन्दै सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको औंल्याए ।
पूर्वप्रधानमन्त्री खनालले स्थानीय तहको निर्वाचनपछि नेकपा एमालेले सरकारको नेतृत्व गर्ने दाबीसमेत गरे ।
बुधबारै दिउँसो बर्दियाको राजापुरमा आमसभा सम्पन्न गरेर एमाले टीकापुर पुगेको हो ।
एमालेको कार्यक्रम बिथोल्ने उद्देश्यले थरुहट तराई पार्टीले कैलाली बन्द आह्वान गरेपनि त्यसको कुनै प्रभाव परेन ।





प्रतिक्रिया दिनुहोस्