
फाइल फोटो
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बुधबार स्ववियुको निर्वाचन गराउनका लागि अन्तरिम आदेश गरेको हो ।
सो क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले गत फागुन २३ गते रिट निवेदन दायर गरेका थिए ।
निवेदनमा फागुन १८ गते त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि फागुन २३ गते आरआर क्याम्पसमा निर्वाचन गर्न माग गरिएको थियो ।
विद्यार्थी मतदान गर्न लाइनमा बसे पनि स्थानीय तहको निर्वाचन आचारसंहिता लागेको जनाउँदै निर्वाचन स्थगन गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्