Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एमालेको जिद्दीपनका कारण समस्या, यथास्थितिमा निर्वाचनमा जान सकिँदैन : महतो


0
Shares

बिहीबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए ।

आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताए ।

सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उनले यथास्थितिमा मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताए । उनले आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको पनि बताए ।
महतोले जनताको बीचमा रहेको आन्दोलनलाई अघि बढाउने बताए ।

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उनले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताए ।

उनले भने, ‘जनताले कुनै पनि दललाई निषेध गर्न सक्छन् ।’ एमालेले तराईका जनताका विरुद्धमा काम गरेको आरोप लगाउँदै उनले त्यसको प्रतिवादमा जनता आएको बताए ।

एमालेको जिद्दीपनका कारण समस्या आएको पनि उनले आरोप लगाए । (रासस)