५८ वर्षीय ढुंगेलको काठमाडौंको पुतलीसडकस्थित डेरामै गएराति निधन भएको हो ।
बेलुका खाना खाएर सुतेका ढुंगेल बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेका हुन् ।
रामेछापको पकरवास घर भएका ढुंगेल २०५६ सालको निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०५७ सालमा कृषि सहायकमन्त्री थिए ।
स्वर्गीय ढुंगेलले विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका थिए । ढुंगेल २०४० सालमा विश्वभाषा क्याम्पस र २०४४ सालमा त्रिचन्द्रमा स्ववियु सभापतिसमेत भएका थिए ।
ढुंगेलको शव टिचिङ अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एक बजेपछि पार्टी कार्यालय सानेपामा राखिने र आजै अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । स्वर्गीय ढुंगेल अविवाहित थिए ।





प्रतिक्रिया दिनुहोस्