
तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने माओवादीको प्रस्ताव ठाडै अस्वीकार गरेको छ ।
निर्वाचनको प्राविधिक तयारी तीव्र बने पनि राजनीतिक वातावरण भने थप बिग्रँदै गएको छ । मधेसी मोर्चा सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडक संघर्षतर्फ उन्मुख भइरहेको छ ।
यही अवस्थामा आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन अब के हुन्छ ? भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ ।
यसैबीचमा सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले मधेसी मोर्चासँग सहमति भए स्थानीय तहको निर्वाचन मिति केही पर सार्न सकिने प्रस्ताव गरेको छ ।
नेपाली कांग्रेससँग भएको सत्ता हस्तान्तरणको सहमति कार्यान्वयन गर्नुपर्ने भएकाले हप्ता/१० दिनभन्दा बढी भने सार्न नसकिने उसको भनाइ छ ।
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले मधेसी मोर्चा सहमतिमा आउन तयार भए निर्वाचनको मिति सार्न सकिने बताए ।
तर, प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अब कुनै हालतमा मिति सार्न नहुने अडानमा छ ।
निर्वाचनको मिति सार्न कुनै हालतमा आफूहरु तयार नहुने भन्दै एमाले स्थायी समिति सदस्य अमृत बोहराले कसैलाई खुसी बनाउन चुनाव नरोकिने बताए ।
संविधान संशोधनमा सिमांकनको विषयलाई थाती राखेर भएपनि बाँकी मुद्दा अघि बढाउन सकिने प्रस्ताव सत्तारुढ दलको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालनिकट मानिने नेता गजुरेल बीचको बाटोबाट सहमति खोजेर भएपनि मोर्चालाई निर्वाचनमा लानुपर्ने मत राख्छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्