सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नयाँखाले द्वन्द्व र हिंसा फैलाउने प्रयास भइरहेको आरोप लगाए ।
जातीय हिंसा, साम्प्रदायिक घृणा र विद्वेष फैलाउने गम्भीर षड्यन्त्र जारी रहेको भन्दै उनले त्यसलाई परास्त गर्न आह्वान गरे ।

सभामा एमाले उपाध्यक्ष बामदेव गौतमले तराईलाई नेपालबाट टुक्र्याएर अन्तै मिलाउने खेल भइरहेको भन्दै सबै सचेत हुनुपर्ने बताए ।
त्यसैगरी, एमाले वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाललगायतले सरकार पूरै विदेशीको इशारामा चलेको आरोप लगाए ।
सभाका लागि कैलालीका गाउँगाउँबाट कार्यकर्ताहरु सभास्थल पुगेका थिए ।
एमाले कार्यक्रमलाई ध्यान दिँदै धनगढीमा सुरक्षाकर्मी व्यवस्था कडा बनाइएको थियो ।





प्रतिक्रिया दिनुहोस्