
विगतका वर्षहरुमा कोजाग्रत पूर्णिमादेखि प्रतियोगिता हुँदै आएकोमा दूधकोसीको बाढीले मैदानमा क्षति पुर्याएका कारण प्रतियोगिता चैतमा गर्न लागिएको हो ।
राष्ट्रियगानका रचनाकार व्याकुल माइलाको नाममा आयोजना हुने गोल्डकप प्रतियोगिता उनको जन्मथलो ओखलढुंगाको हिलेपानीस्थित दूधकोसी किनारमा हुँदै आएको छ ।
प्रतियोगितामा ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, काठमाडौं, ललितपुर, सोलुखुम्बुलगायतका जिल्लाबाट १७ ओटा टिमको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्