
गत फागुन २२ गते झापाबाट सुरु गरिएको अभियान विहीबार कन्चनपुरको खुल्लामञ्चमा सभा गरी समापन गरिएको हो ।
अभियानको अन्तिम दिन विहीबार कन्चनपुरमा आयोजित अन्तिम आमसभामा हजारौंको संख्यामा सहभागिता रहेको थियो भने समापन समारोह सांस्कृतिकरुपमा भव्य बनेको थियो ।
कैलालीको धनगढीमा आमसभा गरी विहीबारै दिउँसो एमाले नेताहरु महेन्द्रनगर पुगेका थिए ।
सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतले सीमाक्षेत्रमा विस्तारवादी हैकम चलाउन खोजेका कारण कन्चनपुरको पुनर्वास घटना भएको जिकिर गरे ।
यसैबीच, पुनर्वास क्षेत्रमा भारतीय एसएसबीद्वारा हत्या गरिएका कन्चनपुर, पुनर्वास नगरपालिका आनन्दबजारका सहिद गोविन्द गौतमको परिवारलाई एमालेले राहतस्वरुप ५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस्