१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


स्थानीय निर्वाचनमा एक करोड ४० लाख मतदाता


0
Shares

आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि सुरु गरेको दुईदिने निर्वाचन सामग्री तथा लेखा व्यवस्थापनबारे मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा यादवले लेखा र सामग्री खरिद कार्यालयको नियमित प्रक्रिया भए पनि निर्वाचनको सम्बन्धमा गरिने सामग्रीको व्यवस्थापन फरक किसिमको हुने भएकाले तालिम आवश्यक रहेको बताए ।

उनले केन्द्र र जिल्लास्तरमा सामान खरिद गर्दा गुणस्तरमा ध्यान दिन र सामग्रीको उचित भण्डारण गर्न निर्देशनसमेत दिएका छन् ।

आयोगका सहसचिव नवराज ढकालले निर्वाचनमा सरकारको धेरै ठूलो धनराशि खर्च हुने र व्यवस्थापनका हिसाबले करिब २१ हजार मतदान केन्द्रमा एकै मितिमा व्यवस्थापन गर्नुपर्ने भएकाले तालिम आवश्यक रहेको तथा यसबाट निर्वाचनमा प्रयोग हुने रकमको सदुपयोग भई बेरूजुसमेत नहुने बताए ।

आगामी स्थानीय निर्वाचनमा १ करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहनेछन् । दुई दिनसम्म चल्ने मुख्य प्रशिक्षक प्रशिक्षणमा ३० जना सहभागी छन् ।

मुख्य प्रशिक्षकहरुले क्षेत्रमा, क्षेत्रीय प्रशिक्षकले जिल्लामा गएर त्यहाँ कार्यरत जिल्ला निर्वाचन अधिकारी, लेखा र स्टोरमा काम गर्ने कर्मचारीहरुलाई प्रशिक्षण दिने आयोगले जनाएको छ । रासस