१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


सुनसरीमा १ सय ६५ निर्वाचन केन्द्र, सबैभन्दा बढी धरानमा


0
Shares

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले जिल्लामा साविकको भन्दा १६ मतदान स्थल थप्ने निर्णय गरेको हो ।

सुनसरीमा सबैभन्दा बढी मतदानस्थल धरान उपमहानगरपालिकामा तोकिएको छ । धरानमा २८ मतदान स्थल तोकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय सुनसरीले जिल्लाको साविकको दुहबी गाविस कार्यालय, भासी गाविस कार्यालय र सोनापुरको थर्डआई पब्लिक मावि मतदान केन्द्र्र भने खारेज गरेको छ ।

सरकारले स्थानीय निर्वाचनको तयारी थालेसँगै संयुक्त मधेसी मोर्चाले भने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।