२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


मन्त्री अधिकारीको शवमा ओलीले राष्ट्रिय झण्डा र दाहालले पार्टीको झण्डा ओढाए


0
Shares

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शबमा फूलमाला अपर्ण गरेर श्रद्धान्जली व्यक्त गरे ।

गत १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो । मृतकको शव श्रद्धान्जलीका लागि टुंडिखेलमा राखिएको छ ।

दुर्घटनामा मन्त्रीअधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको ओढाए ।

मृतकहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, कर्मचारी, सुरक्षा निकाय, मृतकका आफन्त र सर्वसाधरणले श्रद्धान्जली अर्पण गरेका छन् ।