१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


नवलपरासीमा ३१ मतदानस्थल र ४० ओटा केन्द्र थपिए


0
Shares

नयाँ संरचना र मतदाताहरु बढेकाले केन्द्र र स्थल बढाउनुपरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले ‘मतदान केन्द्र पुनरावलोकन’ समितिको बैठकबाट यस्तो निर्णय गरेको हो ।

२०७० सालको संविधानसभा निर्वाचनमा २०२ मतदानस्थल र ४५९ मतदान केन्द्र भएकोमा हाल २३३ स्थल र ५०० ओटा केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

नवलपरासीमा दोस्रो संविधानसभा निर्वाचनमा ३ लाख १७ हजार मतदाता रहेकोमा अहिले ५३ हजार थप भएको पनि भण्डारीले जानकारी दिए ।