बैठकमा संविधान संशोधन, आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन नभएकामा नेतृत्वको आलोचना हुँदै आएको छ ।
पार्टीले शुक्रबार एक विज्ञप्तिमार्फत कांग्रेस स्याङ्जाका पूर्वमहाधिवेशन प्रतिनिधि मोहनीप्रसाद पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । स्व. पौडेल ब्रेन ट्युमरको समस्याबाट पीडित थिए ।
कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको पूर्वसदस्यसमेत रहका स्व. पौडेलले नेपाली कांग्रेसको सङ्गठन विस्तार तथा नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेका थिए । रासस





प्रतिक्रिया दिनुहोस्