२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


इमरान खानको घोषणाअनुसार भारतीय क्याप्टेन आज रिहा हुँदै


0
Shares

इस्लामावाद, फागुन १७ । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई आज रिहा गर्दैछ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई रिहा गर्ने बताएका छन् । संसदको दुबै सदनको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले आफुहरुसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै तनावलाई चर्काएर कसैलाई फाइदा हुँदैन भन्ने बुझेकाले पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्न लागेको जानकारी दिए ।

प्रधानमन्त्री खानले भारतीय पक्षबाट पाकिस्तानी इलाकामा गरेको वम बर्षाका कारण कुनै मानवीय क्षति नभएकाले बदलामा आक्रमण गर्ने सोच नराखेको बताए । उनले भारत सरकार खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथि आक्रमण गर्नुको आशय आसन्न निर्वाचनको नतिजालाई आफ्नो पकडमा पार्नु भएको दावी पनि गरे ।

प्रधानमन्त्री खानले भारतीय काश्मिरी जनता पाकिस्तानसँग विवाद गर्न नचाहे पनि पाकिस्तान विरोधी जनमतलाई आफुतर्फ आकर्षित गर्न राजनीतिक नेतृत्वले पटक पटक समस्या ल्याएको जानकारी आफुले पाएको बताए । उनले भारतले पाकिस्तानी भूमिमा धावा बोलेको आफूहरूले हेर्न नसक्ने भन्दै यदि भारतले एक्सन लिन्छ भने यसको प्रतिकार गर्नु पाकिस्तानको निर्विकल्प उपाय भएको दोहोर्‍याए ।

प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री मोदीलाई विवादलाई अगाडी नबढाउन आह्वान गर्दै यसलाई पाकिस्तानी कमजोरी नठान्न पनि आग्रह गरे । (एजेन्सी)