२ असार २०८१, आइतबार | Sun Jun 16 2024


मोदीलाई निधिले भने–‘निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउनोस्’


0
Shares

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचार–विमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

साथै, मन्त्री निधिले कन्चनपुर घटनाबारे प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री मोदीले कन्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको आश्वासन दिएका थिए ।

यसैगरी, नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउन गृहमन्त्री निधिले आग्रह गरेका थिए ।

भारतमा हालै सम्पन्न प्रान्तीय निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीले सफलता हासिल गरेकामा मन्त्री निधिले नेपाल सरकार, नेपाली जनता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नातर्फबाट हार्दिक बधाइ ज्ञापन गरेका थिए ।

नेपालको आसन्न स्थानीय तहको निर्वाचनलाई आवश्यकपर्ने सबै सहयोग उपलब्ध गराउन पनि भारत तयार रहेको प्रधानमन्त्री मोदीले बताए ।

प्रतिआतंकवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहेका मन्त्री निधि शुक्रबार (आज) राति स्वदेश फर्कने कार्यक्रम छ । रासस