Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


ऐतिहासिक सम्पदाको थप क्षति हुन नदिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन


0
Shares

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा शुक्रबार बसेको ५३औं कार्यकारी समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

पुरातात्विक महत्वका सम्पदा र पुराना दरबारलाई तत्कालका लागि हावा पानीलगायत बाह्य तत्वहरुबाट जोगाइ थप क्षति हुन नदिने गरी संरक्षण गर्ने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वय इकाइलाई निर्देशन दिने निर्णय भएको प्राधिकरणका सहसचिव जर्नादन गुरागाइँले जानकारी दिए ।

सरकारी कार्यालय रहेका पुराना पराम्परागत शैलीका दरबारको हकमा भने पुनःनिर्माण र पुनःस्थापना नभएसम्मका लागि संरक्षण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिइएको गुरागाइँले बताए ।

यस्तै बैठकले पुनःनिनिर्माण र पुनःस्र्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७३ लाई संशोधन गर्ने निर्णय गरेको पनि जनाइएको छ ।