गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसका अवसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शनिबार राजधानीमा गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेले आन्तरिक समस्या समाधान गर्न दलहरु सक्षम हुनुपर्ने बताए ।
उनले शान्ति–प्रक्रिया र प्रजातन्त्रका लागि गिरिजाप्रसाद कोइरालाले दिएको योगदान विश्वमै प्रशंसनीय रहेको बताए ।
मधेसी दललाई सहमतिमा ल्याएर आगामी वैशाख ३१ गते निर्वाचन गराएर जनताका अधिकार स्थापित गर्न सबै दल इमानदार देखिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका नेता लालबाबु यादवले आन्तरिक राजनीति कमजोर भएकै कारण छिमेकीमुलुकसँगको सम्बन्ध सुमधुर हुन नसकेको बताए ।
उनले राजनीतिक सहमतिका आधारमा समयानुकूल वैदेशिकनीति बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमा नेपालका लागि भारतका निमित्त राजदूत विनोद कुमारले नेपालको प्रजातन्त्र र शान्तिका लागि भारतले सधैं सहयोग पुर्याउँदै आएको बताए ।
कार्यक्रममा सहभागी परराष्ट्रविद्हरुले नेपाल–भारतबीचको सम्बन्धबारे आ–आफ्नो धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्