२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


नेपाली फुटबल विकासमा चीनले सहयोग गर्ने


0
Shares

काठमाडौं, फागुन १६ । नेपाली फुटबल विकासमा चीनले नेपाललाई सहयोग गर्ने भएको छ ।

चार वर्षका लागि चीनले नेपाललाई सघाउने पत्रमा बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) र चिनियाँ फुटबल संघबीच हस्ताक्षर भएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल भ्रमणमा रहेका चिनियाँ फुटबल संघका कार्यवाहक अध्यक्ष डु झाओकाइबीच राजधानीमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै राष्ट्रिय टिमको अनुभव आदान–प्रदान, पूर्वाधार विकासमा सहकार्य र प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्नेछ ।

टिम आदान–प्रदानबाट सम्झौताको सुरुआत गर्ने बताइएको छ ।

अब मोफसलमा आयोजना हुने प्रतियोगितामा चीनको प्रान्तीय र तेस्रो डिभिजनका क्लबले पनि सहभागिता जनाउनेछन् ।

सम्झौतापछि एन्फा अध्यक्ष शेर्पाले चिनियाँ सहयोग नेपाली फुटबलको विकासमा कोसेढुंगा सावित हुने बताए ।

चिनियाँ फुटबलका उच्च अधिकारी नेपाल आएको यो पहिलोपटक हो ।

एन्फाले यसअघि कतारसित पनि आदान–प्रदान कार्यक्रममा सम्झौता गरेको थियो ।