
फाइल फोटो
शनिबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्नेमा सोको टुंगो नलगाइ निर्वाचनको मिति तोकिनु गलत भएको छ ।’
अध्यक्ष यादवले माध्यमिक तहको परीक्षा सकिएलगत्तै सरकारको यो निर्णयविरुद्ध सशक्त आन्दोलनको घोषणा गर्ने बताउँदै अबको आन्दोलन मधेसकेन्द्रित नभइ देशव्यापी हुने धारणा व्यक्त गरे ।
सरकारले अहिले विभिन्न बाहना बनाएर आफूहरुको माग पूरा गर्न आलटाल गरिरहेको आरोप लगाउँदै उनले सरकारको अगामी कार्यनीति हेरेर आन्दोलनको स्वरुप अगाडि बढाउने बताए । रासस
प्रतिक्रिया दिनुहोस्