१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


निर्वाचन आयोगको निर्णयले चुनावको वातावरण धमिलिन सक्छ : थापा


0
Shares

                                                                                   फाइल फोटो
सो पार्टीभत्र लामो समयदेखि चुनाव चिह्न गाई कि हलो भन्ने विवाद घनिभूतरुपमा चल्दै आएको थियो ।

शनिबार राजधानीमा आयोजित चुनाव चिह्न सार्वजनीकरण समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दूराष्ट्रको सिद्धान्त र गाईसँगको भावनात्मक सम्बन्धका कारण सो चिह्न छनोट गरिएको भन्दै सोही चिह्नमार्फत् जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिने बताए ।

कानुनको अधिनमा रही राजनीतिक दल गठन तथा फरक विचारधारालाई विभिन्न कार्यक्रमकारुपमा प्रचार गर्ने, जनतासमक्ष लैजाने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले भने–‘पार्टीको वैचारिक–सैद्धान्तिक मान्यतालाई प्रभावित बनाउने गरी निर्वाचन आयोगले पार्टीको विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र’ खारेज गर्ने निर्णय गरेको छ, यो सच्चाइनुपर्छ ।’

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका अध्यक्ष थापाले भने–‘निर्वाचन आयोगको यो निर्णयले आगामी स्थानीय चुनावको वातावरण धमिलिन सक्छ, पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने उक्त निर्णय राप्रपा स्वीकार गर्दैन ।’

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपालको सार्वभौमिकता, भौगोलिक अखन्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी कुनैपनि संस्थाले निर्णय गर्न नसक्ने बताउँदै निर्वाचन आयोगलाई निर्णय सच्चाउन आग्रह गरे ।

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले ‘संविधानका कतिपय व्यवस्थामा फरक मत राखेको भए तापनि नेपालको संविधान र प्रचलित कानुनको पालना र कार्यान्वनमा आफ्नो पार्टी प्रतिबद्ध रहेको छ’–भने । रासस