५ असार २०८१, बुधबार | Wed Jun 19 2024


निर्वाचनको विरोध गर्नेलाई जनताले ठेगान लगाउँछन् : पोखरेल


0
Shares

                                                                                         फाइल फोटो
प्रेस चौतारी, बाँकेद्वारा शनिबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘आमनेपाली जनता निर्वाचनको पक्षमा छन्, कसैले निर्वाचनको विरोध गर्छ भने उनीहरुलाई जनताले नै ठेगान लगाउँछन्’–भने ।

उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चुनावमा हारिने डरले विरोध गरिरहेको आरोप लगाउँदै ‘जनमत छ भनी दावा गर्ने पार्टीले निर्वाचनबाट डराउनु हुँदैन’–भने ।

महासचिव पोखरेलले आफ्नो दलले देशव्यापीरुपमा थालेको मेची–महाकाली अभियान कसैकोविरुद्धमा नभएको पनि स्पस्ट पारे । रासस