समितिको आइतबार बसेको बैठकले लोडसेडिङ अन्त्यका लागि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको योगदान प्रशंसनीय भएको निश्कर्ष निकाल्दै ग्रामीण भेगमा विद्युत्सेवा प्रवाहलाई महत्व दिएर काम गर्न आग्रह गरेको छ ।
बैठकमा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले उर्जासंकट अन्त्यका लागि कार्ययोजना आइसकेको जाकारी दिँदै केही समयभित्रै मुलुकका अधिकांश ठाउँमा लोडसेडिङ अन्त्य हुने बताए ।
उनले बजेटको माग गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति रहे पनि प्राधिकरणले बजेटको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । छिट्टै विद्युत् ट्रान्समिसनको क्षमता बढाउनुपर्ने उनको भनाइ थियो ।
बैठकमा ऊर्जा मन्त्रालयले चालु आर्थिक वर्षमा हालसम्मको प्रगति विवरण पेस गरेको थियो ।
प्रगति विवरणमा काठमाडौं उपत्यकाभित्र लोडसेडिङको पूर्ण अन्त्य भएको र काठमाडौंबाहिर पनि निकै कममात्र लोडसेडिङ हुने गरेको उल्लेख छ ।
मन्त्रालयले औद्योगिक क्षेत्रमा भने ‘पिक आवर’मा चार घन्टा लोडसेडिङ हुने गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्