फाइल फोटो
वि.सं. २०५६ मा रामेछाप क्षेत्र–२ बाट प्रतिनिधिसभामा निर्वाचित ढुंगेलको ६० वर्षका उमेरमा यही चैत ३ गते काठमाडौंमा निधन भएको थियो ।
सभामुख ओनसरी घर्तीले सदनको आइतबारको बैठकमा ‘शोकप्रस्ताव पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गरेकी थिइन् ।
बैठकमा सांसदहरुले आ–आफ्ना आसनबाट उठी ढुंगेलको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेका थिए ।
शोकप्रस्तावमा भनिएको छ–‘व्यवस्थापिका–संसदको यो बैठक २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछाप क्षेत्र–२ बाट नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य, लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएका एक कुशल नेता एवं समाजसेवी तथा पूर्वकृषि सहायकमन्त्री रामहरि ढुंगेलको ६० वर्षको उमेरमा मिति २०७३ साल चैत ३ गते बिहीबार काठमाडौंमा निधन भएकामा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदन प्रकट गर्दछ ।’
सदनको बैठक आइतबारै आधा घन्टाका लागि स्थगन भएको छ । रासस





प्रतिक्रिया दिनुहोस्