सन् १९९४ मा डेउ हेभी इन्डष्ट्रिज कोरियाको भगिनी कम्पनीकोरुपमा स्थापित एभरडाइम अहिले विश्वकै प्रतिष्ठित कम्पनीकारुपमा स्थापित रहेको दाबी गरिएको छ ।
अहिले यसका रकब्रेकर तथा एट्याचेमन्ट, फायर फाइटिङ भेइकल, टावरक्रेनजस्ता उत्पादनहरु विश्वका ८० भन्दा बढी मुलुकमा लोकप्रिय रहेको पनि दाबी गरिएको छ ।
नेपालमासमेत एभरडाइमका रकब्रेकरहरु अत्यन्तै रुचाइएको जनाइएको छ ।
विभिन्न खानी, सिमेन्ट कारखाना तथा निर्माण कम्पनीहरुमा ७५ थानभन्दा बढीको संख्यामा एभरडाइम रकब्रेकरहरु नेपालमा चलिरहेको र यसको माग दिनानुदिन बढ्दै गएकाले एफजी इन्करपोरेटेडलाई डिष्ट्रिब्युटर्सलाई आधिकारिक वितरक नियुक्त गरिएको जानकारी गराइएको हो ।
फोर्स ग्रुपअन्तर्गतको एफजीले बजार विस्तार र बिक्रीपछिको सेवामा समर्पित रहने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्