
खानीमा सुन्दर ढुंगा ठानेर उनले उठाएको त्यो वस्तु हिरा भएको पत्ता लगाउन कयौं परीक्षण गरिएको थियो । समाचार एजेन्सीहरुका अनुसार खानीमा काम चलिरहेको थियो ।
इम्यानुयेल मोमोह नाम गरेका ती पादरीको आँखा एउटा खास ढुंगामा पुग्यो । उनले त्यसलाई टिपेर नियाँले । तर के हो भन्ने पत्तो पाउन सकेनन् ।
मानिसहरुले त्यसलाई कोइला वा ढुंगाको टुक्रा ठानिरहेका थिए । तर पछि त्यो वस्तु हिराको टुक्रा भएको प्रमाणित भयो ।
७०६ क्यारेटको सो हिरा विश्वकै १० देखि १५ औं ठूलो हिरा मानिएको छ । उक्त हिराको मूल्य ७५ करोड अमेरिकी डलर रहेको छ ।
उक्त हिरा राष्ट्रपति समक्ष लगिएको छ । राष्ट्रपति कोरोमाले हिरा फेला पारेर इमानदारीपूर्वक बुझाएकोमा धन्यवाद दिएका छन् ।
हाल उक्त हिरा सिएरा लियोनस्थित सेन्ट्रल बैंकमा राखिएको छ । सन् १९७२ मा सिएरा लियोनमा फेला पारिएको ९६९ क्यारेटको हिरापछि यो नै सबैभन्दा ठूलो हिरा भेटिएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्