Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


शारीरीक सुगठनको ‘ओभरअल’मा धर्मराज लिम्बू च्याम्पियन


0
Shares

सतुंगलको फिटनेस फस्ट क्लबले सोमबार गरेको प्रतियोगितामा हिरण श्रेष्ठ दोस्रो र दामोदर श्रेष्ठ तेस्रो भए ।

पहिलो भएका धर्मराजले २५ हजार, दोस्रो भएका हिरणले १५ हजार तथा तेस्रो भएका दामोदरले १० हजार रुपैयाँ प्राप्त गरे ।

तीन तौल समूहमा प्रतिस्पर्धा भएको प्रतियोगितामा ७० केजीमा हिरण श्रेष्ठ पहिलो, अमर गमला दोस्रो र सनत हमाल तेस्रो भए ।

यस्तै, ६० केजीतर्फ धर्मराज लिम्बू पहिलो, त्रिनोज मानन्धर दोस्रो र मनोज सुरखेती तेस्रो भए ।

प्रतियोगितामा पुरुष स्पोर्टस् फिजिक १६५ सेमिको प्रतिस्पर्धामा सुजन रोका विजयी हुँदा, शेखर खत्री दोस्रो र राजेश तामाङ तेस्रो भए ।

यस्तै, १६५ सेमिमाथिको प्रतिस्पर्धामा शिव महर्जन पहिलो, मनोज कटुवाल दोस्रो र दीपेन्द्र गिरी तेस्रो भए ।

प्रतियोगितामा ५० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए ।