Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकियो


0
Shares

राँचीमा भएको खेलमा अष्ट्रेलियाले विजयी लक्ष्य दिन नसकेपछि खेल बराबरीमै सकिएको हो ।

अष्ट्रेलियाले पहिलो इनिङमा ४५१ रन बनाएकामा भारतले चेतेश्वर पुजाराको २०२ रनको मद्दतले ९ विकेटको क्षतिमा ६०३ रन बनाएर इनिङ समाप्ती गरेको थियो ।

जवाफमा अष्ट्रेलियाले अन्तिम दिनको समाप्तीसम्म ६ विकेटको क्षतिमा २०४ रन बनायो ।

यो बराबरीसँगै चार खेलको शृंखलाको आगामी शनिबार धर्मशालामा हुने खेल नै निर्णायक बन्नेछ ।

यसअघि, दुबै टिमले एक–एक खेल जितेका थिए ।