२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेप्से १४ सय माथि, सवा अर्बको कारोबार


0
Shares

बजार परिसूचक नेप्से पुनः १४ सय माथि पुग्यो । कारोबार पनि सवा अर्ब नाघ्यो ।

नेप्से ४२ अंकले उकालो लागेर १४ सय २४ मा पुग्यो । उत्पादनमूलकबाहेक अरु सबै समूह उकालो लागे ।

बीमा समूहमा सबैभन्दा उच्च ५ सय ६६ अंकको बृद्धि आयो । होटल समूह ७६ अंकले उकालो लाग्यो । जलविद्युत् समूह पनि ४४ अंकले बढ्यो । विकास बैंक समूह ३९ अंकले उकालो लाग्यो । वाणिज्य बैंक समूहमा पनि २९ अंकको बृद्धि आयो । वित्त समूहमा पनि दोहोरो अंकको सुधार आयो । अन्य समूह भने नगन्य अंकले मात्र सकारात्मक रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४० कम्पनीको २५ लाख २७ हजार कित्ता सेयर १ अर्ब २७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।