
उनको सम्पत्ति ८६ बिलियन डलर रहेको बताइएको छ । जबकी अघिल्लो वर्ष उनको सम्पत्ति ७५ बिलियन डलर थियो ।
दुई नम्बरमा रहेका वारेन बफेटको सम्पत्ति भने झण्डै १५ बिलियनले बढेर ७५ दशमलव ६ बिलियन डलर पुगेको छ । ७२ दशमलव ८ बिलियन सम्पत्तिसहित तेस्रो नम्बरमा अमेजनका फाउन्डर जेफ बिजोस रहेका छन् । फेसबुकका मालिक मार्क जुकरबर्ग पाँचौं नम्बरमा छन् ।
यसबर्ष विश्वमा अर्बपतिहरुको संख्या १३ प्रतिशत थपिएको छ । गत वर्षको सूचीमा २२० नम्बरमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसवर्ष ५४४ औं स्थानमा ओर्लिएका छन् । अमेरिकामा सबैभन्दा धेरै अर्बपति रहेको प्रतिवेदनमा उल्लेख छ । अर्बपतिको संख्यामा चीन दोस्रो र जर्मनी तेस्रो नम्बरमा छ ।
अमेरिकामा ५६५, चीनमा ३१९ र जर्मनीमा ११४ अर्बपति छन् । २ हजार ४३ अर्बपतिमा २२७ जना महिला रहेको पनि फोब्र्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्