२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल’


0
Shares

                                                                         दृष्यः राराताल । फाइल फोटो ।

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ ओटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ ताल रहेका छन् ।

समितिका अध्यक्ष नानीकाजी थापाले पोखरीभन्दा ठूलो पानी जम्मा भएको ठाउँलाई तालकोरुपमा वर्गीकरण गरिएको बताए ।

‘तालले पर्यटनको आगमनसँगै माछापालन र मनोरन्जनमा ठूलो सहयोग पुगेको छ’–उनले भने ।

नेपालका बाँतर (सर्दार), बाह्रामुस, बोटे, दनुवार, दरै, दुसाध, झांगड, केवट, सवास (राझी), खुना, कुमाल, कुसहर माझी, पोडेलगायत समूहले ताल–तलैयाबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।

सबैभन्दा धेरै ताल–तलैया भएका जिल्लामध्ये हुम्लामा तीन सय ८१, ताप्लेजुङमा तीन सय ८०, कपिलवस्तुमा तीन सय ५१, सोलुखुम्बुमा तीन सय ३९, रुपन्देहीमा दुई सय ८९, बाँकेमा दुई ४३, धनुषामा दुई सय ३० तथा डोल्पामा २१० ताल रहेका तथ्यांक छ ।

वि.सं. २०६३ फागुन २३ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार नेपालका सम्पूर्ण ताल–तलैया, दह, कुन्ड, पोखरी एवं सिमसारको संरक्षण तथा सम्बद्र्धनका लागि समितिको स्थापना भएको थियो ।

समितिले ताल संरक्षणका लागि सम्पूर्ण तालको तथ्यांक संकलन गरी सरकारलाई आवश्यक परामर्श दिँदै आएको अध्यक्ष थापाले बताए । रासस