
राष्ट्रिय मानवअधिकार आयोग र नेपाल मानवअधिकार संगठनले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले चुनावमा गएर मुलुकलाई निकास दिन सरोकारवालाहरुलाई सुझावसमेत दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्न दुई तिहाइ नपुग्ने भएकाले संशोधनबिना नै चुनावमा जानुपर्ने बताए ।
यस्तै, नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा अहिले अल्पमतले बहुमतलाई शासन गरिरहेको जिकिर गरे ।
कार्यक्रममा मधेसी नेताहरु र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलगायतले भने संशोधनपछिमात्र चुनावमा जानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले ‘मण्डले राष्ट्रावदको पुनः जागरण हुन खोजेको’ भन्दै राजनीतिक दलहरुलाई यसप्रति सचेत हुन आग्रह गरेका थिए ।
कार्यक्रममा करिब दुई दर्जन विभिन्न दलका नेता, नागरिक समाजलगायतले मुलुकको राजनीतिक निकासकाबारेमा आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्