
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले नै उकालो लागेर तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले ओरालो लागेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३२ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्