
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, असार २१ । कृषिमा आत्मनिर्भर बनाउन भन्दै सरकारले वर्षेनि नयाँ–नयाँ कार्यक्रम ल्याएपनि भारतबाट हुने तरकारी आयातमा भने कमी आएको छैन ।
सरकारले कृषि उत्पादन बढाउन राज्यकोषबाट लगानी गरेपनि भारतबाट वर्षेनि अर्बौं मूल्य बराबरको तरकारी र फलफूल नेपाल भित्रिने गरेको छ ।
कैलालीको मोहना र कन्चनपुरको गड्डाचौकी नाकाबाटमात्र मासिक ८ करोड रुपैयाँ बराबरको तरकारी, फलफूल तथा अरु खाद्यसामग्री भित्रिने गरेको छ ।
क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठ महिनासम्म एक अर्ब १० करोड ४७ लाख ७७ हजार रुपैयाँ बराबरको तरकारी, फलफूल तथा अरु खाद्यसामग्री भारतबाट आयात भएको छ ।
भारतबाट आयात हुने तरकारीमा सबैभन्दा बढी आलु, प्याज, गोलभेंडा, खरियो खुर्सानी र मटरकोसा रहेका छन् भने स्याउ, केरा, नरिवल र अनारलगायतका फलफूल आयात हुने गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्