१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सत्य निरुपण तथा मेलमिलाप आयोग आफैं विवादमा फसेको आरोप


0
Shares

सत्य निरुपण तथा मेलमिलाप आयोगका प्रतिनिधिसँग आयोग कार्यालय बबहरमहलमा भएको छलफलमा उनीहरुले आयोग बने पनि पीडितका समस्या सामधान गर्न नसकेको आरोप लगाएका हुन् ।

आयोगले पीडितहरुका समस्या सामधान गर्नुको साटो आफै विवादमा फसेर दुनियाँ हसाउने काम गरिरहेको उनीहरुले बताए ।

पीडितहरु कानूनी उपचारको खोजिमा लामो समयदेखि भौतारिँदा पनि न्याय पाउन नसकेको दुखेसो उनीहरुको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले भने कार्ययोजनाको खाँचो रहेको भन्दै केही महिनामै पीडितले राहत पाउने गरी काम गर्ने आश्वासन दिएको छ ।

छलफलमा बिभिन्न जिल्लाबाट आएका द्वन्द्वपीडितले आ–आफ्ना समस्या आयोग समक्ष राखेका थिए ।