
ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राज्यले अवलम्बन गरेको गलत नीति र व्यवस्थाका कारण मुलुक फेरि द्वन्द्वतर्फ धकेलिएको बताएका छन् ।
मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको ताप्लेजुङमा शुभारम्भ गर्दै उनले महान उपलब्धि मानिएका गणतन्त्र, धर्म निरपेक्षता र संघीयता कार्यान्वयपछि जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न पाएनन् भने ।
मुलुक विखण्डनकारी शक्तिको चंगुलमा पर्न लागे पनि सरकार चुप लागेर बसेको उनको आरोप थियो ।
ताप्लेजुङबाट सुरु भएको पहिलो चरणमा सुर्खेत, कैलाली, कञ्चनपुर हुँदै काठमाडौ पुगेर समापन हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्