बुधबार दोस्रोपटक बसेको संसद बैठकले साना दलहरुको विरोधबीच विधेयक बहुमतले पारित गरेको हो ।
यो विधेयकको पक्षमा प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र एक भएका छन् । संसद बैठकमा साना दलले विधेयकको विरोध गरेका छन् ।
ठूला दलले जबर्जस्ती थ्रेसहोल्ड लगाएको भन्दै उनीहरुले विद्रोहको चेतावनीसमेत दिएका छन् ।
साना दलका नेताहरु सीपी मैनाली, प्रेम सुवाल, एकनाथ ढकाललगायतले ठूला दलहरुले नै राजनीतिक विकृति भित्र्याएको भन्दै साना दललाई आरोप लगाएर यस्तो व्यवस्था गर्न खोज्नु न्यायसंगत नभएको बताए ।
यसअघि, बुधबारै राज्य व्यवस्था समितिले राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलले अब प्रत्यक्षतर्फ एक सिट जितेको र कुल मतको तीन प्रतिशत मत ल्याउनुपर्ने व्यवस्थासहितको विधेयक संसदमा पठाएको थियो ।
यो व्यवस्थाअनुसार समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याउने दलले संसदमा प्रतिनिधित्व गरे पनि राष्ट्रिय पार्टीको मान्यता भने पाउने छैन ।
साना दलले थ्रेसहोल्डमा असहमति जनाएकै कारण राजनीतिक दलसम्बन्धी विधेयक पारित हुन सकेको थिएन ।





प्रतिक्रिया दिनुहोस्