२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


घटनालगत्तै मन्त्री रवीन्द्र अधिकारीको घरमा रुवाबासी(भिडियो)


0
Shares

पोखरा । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पोखरास्थित उनको घर परिवार तथा आफन्तजनमा रुवाबासी चलेको छ ।

अप्रत्यासित घटना सुनेलगत्तै पोखराको मालेपाटनस्थित घरमा रहेका बुवाआमा मुर्छा परेका थिए । त्यसलगत्तै घरमा केही बेर आफन्तजन तथा शुभचिन्तकहरुको भीड लागेको थियो ।

परिवारजनलाई शान्त्वना दिन उपस्थित भएकाहरु नै भावविह्वल बनेर रवीन्द्र अधिकारीलाई सम्झिँदै थिए ।

बुवाआमालाई भने अर्धमुर्छित अवस्थामै हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ । अधिकारीको निधनले कास्की जिल्ला सवैभन्दा बढी पीडामा परेको छ ।