बजार परिसूचक नेप्सेमा तीव्र उतार–चढाव हुँदै १८ अंकले सकारात्मक रहेर १४ सय ८१ मा पुगेर थामियो । १५ सय माथि पुगिसकेको नेप्से मध्याह्नपछि शिथिल भएको हो ।
बीमाबाहेक कारोबार भएका अरु समूह सकारात्मक रहे । विकास बैंक समूहमा सबैभन्दा उच्च ४० अंकको वृद्धि आयो । वाणिज्य बैंक समूह र जलविद्युत् समूह पनि २५/२५ अंकले उकालो लागे ।
वित्त, होटल र अन्य समूह भने सामान्य अंकले सकारात्मक रहेका हुन् । बीमा समूहमा भने ८८ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४६ कम्पनीको २५ लाख ५७ हजार कित्ता सेयर १ अर्ब ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्