११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


सरकार दुईतिहाइ बहुमतको दम्भमा अधिनायकवादी बन्यो : राणा


0
Shares

भक्तपुर, असार २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले सरकार दुईतिहाइ बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले संसदमा गृहमन्त्री रामबहादुर थापाले डा. गोविन्द केसीप्रति दिएको अभिव्यक्तिले सरकारको अधिनायकवादी चरित्र प्रस्टिएको बताए ।

उनले जनताको पक्षमा लडिरहेका डा. केसी अधिनायकवादी हुने तर जनताको विरोध गर्न पाउने मौलिक अधिकारलाई कुन्ठित गर्ने सरकार लोकतन्त्रवादी हुने भन्दै व्यंग्य गरे ।

अध्यक्ष राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान आयोगलाई आफू मातहत ल्याउन खोज्नु शक्ति केन्द्रीकरण गर्ने अधिनायकवादी प्रवृत्तिको संकेत भएको आरोप पनि लगाए ।

सर्वोच्च अदालतले दोषी ठहर गरेका बालकृष्ण ढुंगेललाई सरकारले कैदमिनाहा गरेर शक्ति पृथकीकरणको मूल सिद्धान्तकोसमेत खिल्ली उडाएको उनको भनाइ थियो ।