
त्यहाँका ७० प्रतिशत मानिस खाद्यान्नका लागि सहायताको भरमा रहेको पनि राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा उल्लेख छ ।
धेरै नागरिक आधारभूत स्वास्थ्य सेवा र सरसफाइ सुविधाबाट समेत बन्चित रहेको एवं बालमृत्युदर पनि उच्च रहेको राष्ट्रसंघले जनाएको छ ।
पाँच वर्षमुनिका बालबालिका मूख्य गरी छाडापखाला र निमोनियाकै कारण मृत्युवरण गर्न बाध्य रहेका छन् ।
करिब दुई करोड ५० जनसंख्या रहेको उत्तर कोरियामा एक करोड ८० लाख मानिस भोकमरीको चपेटमा परेको दावी गरिएको हो ।
एक करोड पाँच लाख मानिस त कुपोषित बन्नु परेको राष्ट्रसंघको भनाइ छ । उत्तर कोरियामा सरकारी फर्ममा खेती हुने र त्यसको नियन्त्रण पनि सरकारकै हुने गरेको छ ।
वर्षेनी लाखौं मानिस भोकमरीको चपेटमा पर्ने गरेको उत्तर कोरियामा सन् १९९० को दशकको व्यापक भोकमरीमा लाखौं मानिस मृत्युवरण गर्न विवश भएका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्