फाइल फोटो
सो पार्टीले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी २०७३ साल चैत ९ गते बसेको संसदको बैठकद्वारा पारित राजनीतिक दलसम्बन्धी विधेयकमा गरिएको यो व्यवस्था प्रजातन्त्र र प्रतिगामी भएको ठहर गरेको छ ।
नेमकिपाका सचिव सुनिल प्रजापतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो व्यवस्था देश र जनताको हितविपरीत, प्रजातन्त्रविरोधी र प्रतिगामी कदम भएको ठहर गरेको जनाइएको छ ।
राजनीतिक दल निर्वाचनका माध्यमबाट आ–आफ्नो सिद्धान्त प्रचारप्रसार गर्ने कामलाई रोक्दै थ्रेसहोल्ड राखिनु दुई वा तीन दलीय तानाशाही लाद्ने पञ्चायती मानसिकता भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–‘पुँजीवादी निर्वाचनमा प्रशासनिक शक्ति, अन्य भौतिक बल तथा पैसाको व्यापक दुरुपयोग हुने भएकाले निःस्वार्थरुपले जनता र देशको सेवा गर्ने दलले निर्वाचनमा सदर मतको निश्चित प्रतिशत (थ्रेसहोल्ड) प्राप्त गर्न नसक्ने सम्भावना रहनेछ ।’
थ्रेसहोल्ड राख्ने व्यवस्था खारेज गराउन पार्टीले सडक र संसदमा संघर्ष गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ । रासस





प्रतिक्रिया दिनुहोस्