Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


नेप्से १४ सय ८६ पुगेर थामियो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ५ अंक बराबरले उकालो लागेर १४ सय ८६ पुगेर थामियो ।

होटल र अन्यबाहेक कारोबार भएका अरु समूह सकारात्मक रहे । जलविद्युत् समूहमा सबैभन्दा उच्च ४६ अंकको बृद्धि आयो । अरु समूह सामान्य अंकले धनात्मक रहे । होटल समूह भने १३ अंकले र अन्य समूह ५ अंकले ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको २० लाख ६५ हजार कित्ता सेयर १ अर्ब रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।